दल र नेताहरुको अत्याचार बढ्दै जाओस, समयले एउटा वीर जन्माउँछ: डा. आचार्य

Advertisement

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले दल र नेताहरुको अत्याचार बढ्दै गएकाले एक दिन युगपुरुष जन्मिने आशा व्यक्त गरेका छन् । प्राइम टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले दल र नेताहरुले जन्माएको बेथिति, अत्याचार, भ्रष्टाचार, अकर्मन्यता बढ्दै गएको भन्दै भने, ‘वीर समयले, युगले जन्माउँछ । उहाँहरुको यो अत्याचार बढ्दैै जाओस, अनि समयले त्यो युगपुरुष जन्माउँछ ।’ 

प्रत्येक नेपालीसँग त्यस्तो वीर जन्माउनसक्ने क्षमता छ भन्दै आचार्यले नेपालका परम्परागत दुई ठूला पार्टीलाई तंगभंग नगर्दासम्म त्यस्तो वीर जन्मिन गाह्रो रहेको बताए । काँग्रेस र कम्युनिष्टको अहिलेको शैलीलाई जनताले अनुमोदन गरिरहनु जरुरी छैन भन्दै उनले उनीहरुले पटक पटक मुलुकलाई धोका दिने र घात गर्ने काम गरिसकेकाले अब अनुमोदन जरुरी नरहेको तर्क गर । 

Advertisement

साथै, आचार्यले दल र नेताको पछि लाग्ने लम्पट कार्यकर्ताहरु जब नागरिक हुन्छन्, त्यो दिन मुलुकले कोल्टे फर्ने पनि दोहोर्याए । उनले यो देशको विकासको मुख्य बाधक नै दल र नेताहरुको पछि लाग्ने लम्पट कार्यकर्ता भएको बताउँदै भने, ‘जुन देशमा नागरिक नागरिक हुँदैन्, उसँग ‘सिभिक ड्युटी’ हुँदैन् । त्यो देश र समाज मृत हुन्छ । लम्पट कार्यकर्ताहरुले देशलाई कहिले पनि बचाउँदैन् । म फेरि दोहोर्याउँछु । यो देशको मुख्य बाधक भनेकै लम्पट कार्यकर्ता हुन् । त्यस कारण यो देश बाँच्नको लागि तपाईं पहिला नागरिक हुनुहोस् । 

Advertisement

Advertisement