शुक्रबार पनि तोलाको नौं सय रुपियाँले घट्यो सुनको मूल्य

Advertisement

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला नौं सय रुपियाँले घटेर ८५ हजार छ सय रुपियाँमा झरेको छ । बिहीबार यसको मूल्य ८६ हजार पाँच सय रुपियाँ थियो । 

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला छ सय रुपियाँले नै घटेर ८५ हजार १५० रुपियाँ कायम भएको छ । बिहीबार यसको मूल्य ८६ हजार ५० रुपियाँ थियो ।

Advertisement

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपियाँले घटेर एक हजार २५० रुपियाँ कायम भएको छ । अघिल्लो नि यसको मूल्य एक हजार २८५ रुपियाँ थियो । 


 

Advertisement

Advertisement