सुनको मूल्य चार सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । सुनको मूल्य सामान्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य चार सय रुपियाँले घटेर ९१ हजार तिन सय रुपियाँले कायम भएको छ ।  गत शुक्रबार यसको मूल्य ९१ हजार सात सय रुपियाँ थियो । 

यता तेजावी सुनको मूल्य पनि तोलाको चार सय रुपियाँले नै घटेर ९० हजार ५० रुपियाँ कायम भएको छ । गत शुक्रबार यसको मूल्य ९१ हजार दुई सय रुपियाँ थियो । 

Advertisement

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार ३१० रुपियाँमा कारोबार भइरहेको छ । यसको मूल्य शुक्रबारको भन्दा १० रुपियाँले घटेको हो । गत शुक्रबार यसको मूल्य एक हजार ३२० रुपियाँ थियो ।  

Advertisement

Advertisement