ग्रील तथा स्टिल व्यवसायीले केही समयको लागि अक्सिजनको खपत नगर्ने

Advertisement

काठमाडौँ । व्यवसायीहरुले ग्रील तथा स्टील उद्योग ब्यवसायमा प्रयोग भैरहेको अक्सिजनको खपत केही समय रोक्ने भएका छन् । कोरोना बिरामीहरुका लागि अक्सिजनको अभाव देखिन थालेपछि यस्तो निर्णय गरिएको हो । 

ग्रील  तथा स्टील ब्यवसायी महासघ नेपालका अध्यक्ष मोहन कटुवालको अध्यक्षतामा हिजो साँझ आकस्मिक रुपमा भर्चुअल बैठक बसी उक्त निर्णय गरिएको हो । 

Advertisement

बैठकले कोरोनाको संक्रमणबाट बच्न प्रयोग गरिने सुरक्षाको बिधिहरु मध्ये हातमा सेनिटाइजर गर्न हेन्ड फ्री सेनिटाइजर स्टाण्ड, साबुन पानीले हात धुन हेन्ड फ्री पेडल हेन्ड्वास स्टेशन समेत निर्माण गरी उपलब्ध गराउन थालिएकोमा यस्लाइ अझ व्यापक रुपमा अगाडि बढाउने समेत निर्णय गरेको छ । 

कोरोनाको संक्रमणबाट बच्न र अरुलाई समेत बचाउन निषेधज्ञाको पुर्णरुपमा पालना गर्न गराउन, सुरक्षाका बिधिहरु अपनाउन र अनावस्यक काममा घरवाट बाहिर ननिस्कन आफ्ना सम्पूर्ण ग्रील तथा स्टील उद्योगी ब्यवसायी , कामदार तथा आश्रति परिवारलार्इ  सचेत गराउन महासघमा आबद्द्ध जिल्ला समिति, क्षेत्रीय समिति इकाइ समिति मार्फत पहल गर्ने अध्यक्ष कटुवालले बताए ।    

Advertisement

Advertisement