सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न सुनसरी जिल्ला अदालतको आदेश

Advertisement

काठमाडौँ । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा रामकृष्णचार्य बैष्णव कृष्णदाश भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटी छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत सुनसरीमा भएको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सोमबार यस्तो आदेश दिएको हो । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबाविरुद्ध १० वर्ष कैद सजाय माग गर्दै गत बिहीबार मुद्दा दर्ता भएको थियो ।

मंसिर १६ गते पक्राउ परेका सिद्धबाबालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरेको थियो ।

सिद्धबाबाले व्यक्त गरेको क्षमा याचना सहितको अडियो रेकर्डलाई उनले आफ्नो होइन भनी इन्कार गर्दै आएका थिए ।

तीन लाख धरौटी माग गरी निजले नगद धरौटी वा सो वराबरको जेथा जमानत दिए तारेखमा राखी र उक्त धरौटी दिन नसके कानून बमोजिम थुनामा राखी मुद्दाको कारवाही अगाडि बढाउनु भनी यो आदेश पर्चा गरी दिएको छ’–जिल्ला अदालत सुनसरीको आदेशमा भनिएको छ ।

Advertisement

Advertisement

Advertisement