गाउँपालिकाका अध्यक्षसहित १० जना जुवाको खालबाट पक्राउ

Advertisement

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।

कपन प्रहरी प्रभागले बुढानीलकण्ठ–१० बाट घलेसहित १० जनालाई शनिबार बेलुको खालबाट पक्राउ गरेको मंगलबार खुलेको हो । 

Advertisement

प्रहरीले जुवाडेहरूबाट छ बुक तास र एक लाख ३५ हजार रुपियाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वडाध्यक्षसहित सबैलाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement