क्रिप्टो कारोबारमा संलग्न तीन विदेशीसहित ५० जना पक्राउ, कल सेन्टरका नाममा अवैध कारोबार

Advertisement

काठमाडौं । प्रहरीले क्रिप्टो (अभौतिक) मुद्रा कारोबारमा संलग्न तीन विदेशीसहित ५० जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको एकान्तकुनास्थित एकतावस्तीमा रहेको जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई उक्त कारोबार गर्दै आएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताएको हो । 

क्रिप्टो कारोबारीहरुले कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनीरुपमा काम लगाईरहेको विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो । 

Advertisement

त्यस क्रममा प्रहरीले कम्प्युटर, मोवाइललगायतका सामग्री पनि जफत गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कल सेन्टरबाट विभिन्न नामका डेटिङ एपहरुमा विदेशी महिलाहरुको प्रोफाइल पिक्चरको रुपमा प्रयोग गरी युरोप, अमेरिका, क्यानाडालगायतका विभिन्न देशका पुरुषलाई साथी बनाई घनिष्ट मित्रता कायम गरी अनलाइन प्लाटफर्म हासप्याकमार्फत विनान्स, टष्ट वालेटलगायतका डिजिटल वालेटहरुमा अमेरिकी डलर जम्मा गरीसोमार्फत क्रिप्टो करेन्सीमा लगानी तथा सोको कारोबार जस्ता क्रियाकलाप सञ्चालन गर्ने गरेको खुल्न आएको सीआईबीको विज्ञप्तिमा उल्लेख छ । 

प्क्राउ परेका विदेशीहरुसहितका नेपालीहरु क्ेही समयअघि दुवईमा सोही प्रकृतिको कारोबारमा संलग्न रहेको अभियागमा पक्राउ परी सम्वन्धित देशबाट डिपोर्ट भएकोमा नेपालमा आएर संगठित भई सोही कारोबार सुरु गरेको प्रहरीको भनाई छ । प्रारम्भिकरुपमा तीन विदेशी र पाँच नेपालीलाई मुलुकी अपराध संहिताअनुसार ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसनधानका लागि १० दिनको म्याद लिएको सीआईबीले जनाएको छ । 

Advertisement