सीटीईभीटीको कार्यालयभित्रै क्रिप्टो करेन्सी माइनिङको अवैध कारोबार, दुई जना पक्राउ

Advertisement

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)अन्तर्गतको टीआईटीआई (ट्रेनिङ इन्ष्टिच्युट फर टेक्निकल इन्ष्ट्रक्सन)को भवनमा गैरकानुनीरुपमा क्रिप्टो करेन्सी माइनिङको कारोबार गरेको भन्दै प्रहरीले दुक्षर्् जनालाई पक्राउ गरी अनुन्धान अघि बढाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले टीआईटीआई भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीहरुको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेक्सटप कम्प्युटर क्रिप्टो करेन्सीको एप्लिकेसन सञ्चालन भएको पाइएको जनाएको छ । 

Advertisement

उक्त कसूरमा प्रहरीले विश्वास गुरुङ र राजेन्द्र ताहामतालाई मुद्रासम्वन्धी कसूरमा भक्तपुर जिल्ला अदालतबाट छ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ । क्रिप्टो कारोबार भएका सर्भर र ६४ वटा सीपीयू समेत बरामद गरिएको भन्दै प्रहरीले गुरुङ र ताहामतालाई सानोठिमी भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिएको छ । 
 

Advertisement

Advertisement