काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले अहिलेको बाल बीमा पोलिसि मुक्तकण्ठले प्रशंसा गर्नलायक रहेको तर्क गरेका छन् । विगतको पोलिसि पटक पटक विवादित बन्दै आए पनि अहिलेको त्यस्तो नरहेको भट्टराईले जिकिर गरे ।
उनले अहिलेको बाल बीमा पोलिसि विभिन्न पक्षबाट हेर्दा निकै वैज्ञानिक रहेको र यो तथ्यलाई सबैले स्वीकार गर्नुपर्ने कर्पोरेट नेपालसँग बताए । भट्टराईले भने, ‘नेपालमै यस्तो समुदाय छ जहाँ छोरा र छोरी भनेर भेदभाव गरिन्छ । अहिले बीमा समितिले बाल बीमा गर्दा सबै बच्चाको बीमा गर्नु भनेको छ । यस हिसाबले त बाल बीमा पोलिसि महिलामैत्री पनि छ । भेदभावमुक्त पनि भयो ।’
विगतको बाल बीमा पोलिसिका कारण अपराधिक गतिविधि समेत बढेको गर्दै बीमा समितिले बाल बीमा बन्द गरेको थियो । समितिले बाल बीमा जरुरी रहेको ठहर गर्दै पाँच महिनाअघि यसको मोडालिडि परिवर्तन गरेर सञ्चालनमा ल्याएको हो ।
कुन बीमा कम्पनीमा के बाल बीमा ?
राष्ट्रिय बीमा संस्थानः बीमा संस्थानले ‘चाइल्ड प्लान’ पोलिसिअन्तर्गत बालबालिकाको बीमा गराउँदै आएको छ । संस्थानले बाल उमंग र चिल्ड्रेन प्लान वात्सल्य नामक पोलिसि बेच्न थालेको छ ।
बाल उमंग बीमा पोलिसिमा न्यूनतम आठदेखि ११ वर्ष र अधिकतम् पाँचदेखि १५ वर्षसम्मका बालबालिकाको बीमा गराउन मिल्छ । यो पोलिसिको अवधि भुक्तानी उमेर भने १६ वर्षको हुनेछ ।
यस बीमाको न्यूनतम बीमांक रकम एक लाख रुपियाँ रहेको छ । बीमितको उमेर सात वर्ष नपुग्दासम्म र बीमा गरेको समय दुई वर्ष नपुग्दासम्म यस बीमाले जोखिम बहन गर्दैन ।
चिल्ड्रेन प्लान वात्सल्य
यस बीमा योजनामा अग्रिम भुक्तानी हुने बीमा संस्थानले जनाएको छ । पाँच लाख रुपियाँ बीमांक कायम गरिएको उक्त बीमा योजनामा बालिबालिका स्वयंम बीमित हुने र उनीहरु १६ वर्ष पुगेपछि लगत्तै आउने बीमा वार्षिकोत्सवपछि पाँच वर्षसम्म लगातार प्रत्येक वर्ष बीमांकको २० प्रतिशतका दरले भुक्तानी गरिने छ । त्यस्तै २२ वर्ष पुगेपछि आउने पहिलो वार्षिककोत्वसमा आर्जित बोनस एकमुष्ट दिइने व्यवस्था गरिएको छ ।
नेशनल लाइफ
नेशनल लाइफले ‘चिल्ड्रेन प्लान’ अन्तर्गत बाल बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले बाल बीमाका लागि विभिन्न चार योजना सञ्चालन गरिरहेको छ ।
चिल्डेन एजुकेशनल एण्ड म्यारिज इन्डोमेण्ट प्लान, बाल अमृत इण्डोमेण्ट पोलिसि, बाल अमृत इण्डोमेन्ट पोलिसि र बाल भाग्योदय एन्टिसिपेटेड नामक बीमा योजना सञ्चालन गरिरहेको छ ।
नेपाल लाइफ
नेपाल लाइफले ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’ र ‘बाल शिक्षा जीवन बीमा योजना’ सञ्चालन गरिरहेको छ ।
एलआईसी नेपाल
एलआईसी नेपालले ‘चिल्ड्रेन इण्डोमेन्ट प्लान’ शीर्षकमा बीमा योजना सञ्चालन गरिरहेको छ ।
मेटलाइफ
मेट लाइफ इन्स्योरेन्स कम्पनीले ‘एजुकेशन प्रोटेक्सन प्लान’ अन्तर्गत बाल बीमा गराउँदै आएको छ । कम्पनीले विभिन्न तीन शीर्षकमा बाल बीमा गराउँदै आएको छ ।
एशियन लाइफ
एशियन लाइफले ‘एशियन चाइल्ड इन्डोमेन्ट’ र ‘एशियन चाइल्ड इस्योरेन्स’ शीर्षकमा बीमा गराउँदै आएको छ ।
सूर्या लाइफ
सूृर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चाइल्ड इन्डोमेन्ट प्लान’ अन्तर्गत बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।
गुराँश लाइफ
गुराँश लाइफले ‘गुराँश नौलो बाल सुरक्षा’ बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले सो बीमा योजनालाई ‘चाइल्ड इण्डोमेन्ट विथ प्रोफिट पोलिसि’ भनेर पनि चिनाउँदै आएको छ ।
प्राइम लाइफ
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ‘प्राइम लाइफ स्वर्णीम जीवन बीमा’ सञ्चालन गरिरहेको छ ।
आईएमई लाइफ
आईएमई लाइफले ‘आईएमई बाल उज्वल’ र ‘आईएमई बाल उमंग’ बीमा योजना सञ्चालन गरिरहेको छ ।
युनियन लाइफ
युनियन लाइफले ‘चाइल्ड इण्डोमेन्ट लाइफ इस्योरेन्स प्लान’ शीर्षकमा बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।
ज्योति लाइफ
ज्योति लाइफले सुनौलो ‘ज्योति भविष्य बाल जीवन बीमा’ शीर्षकमा बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।
सन नेपाल लाइफ
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल समृद्ध जीवन बीमा’ शीर्षकमा बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।
रिलायन्स लाइफ
रिलायन्स लाइफले ‘चाइल्ड फ्युचर’, ‘रिलायन्स चाइल्ड प्लान’ शीर्षकमा बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।
रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफले ‘रिलायबल हाइयर एजुकेशन लाइफ इन्स्योरेन्स’ शीर्षकमा बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।
सिटिजन लाइफ
सिटिजन लाइफले ‘बाल भविष्य जीवन बीमा योजना’ शीर्षकमा बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।
सानिमा लाइफ
सानिमा लाइफले ‘सानिमा बाल सौगात जीवन बीमा’ शीर्षकमा बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।
प्रभु लाइफ
प्रभु लाइफले ‘जीवन किरण’, ‘जीवन उन्नती’ शीर्षकमा बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।
महालक्ष्मी लाइफ
महालक्ष्मी लाइफले ‘महालक्ष्मी बाल बचत बीमा’ शीर्षकमा बाल बीमा योजना सञ्चालन गरिरहेको छ ।