काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक श्रवण कुमार रावलको ६१ वर्षको उमेरमा निधन भएको छ ।
अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी कार्यक्रममा भाग लिएर गए राति सकुशल घर फर्केका सीईओ रावललाई एक्कासि असहज भएको थियो । तत्काल अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको निधन हृदयघातका कारण भएको बताइएको छ ।
बीमा क्षेत्रमा लामो समय बिताएका रावल यसअघि प्रुडेन्सियलमा सीईओ थिए । मर्जरपछि राजीनामा दिएर युनाइटेड अजोड इन्स्योरेन्सम २०८० जेठ २३ गते सीईओ पदमा नियुक्त भएका थिए ।
साथै, यसअघि तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीमा डेपुटी सीईओ भएर काम गरेका रावल मार्केटिङ र परिचालनमा कुशल बीमा प्रशासक मानिन्थे ।