बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सले दियो रु. २५ लाख सहयोग

Advertisement

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपियाँ सहयोग गरेको छ । 

सोमबार सरकारको दैवी उद्धार कोषमा जम्मा गर्न कम्पनीका तर्फबाट उक्त रकमको चेक प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरिएको कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । 

Advertisement

सो अवसरमा प्रभु समूहका अध्यक्ष एवं साँसद देवीप्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य पनि सहभागी थिए । 

बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानी नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेकाका लागि सम्पत्तिको दावी गर्न पनि आग्रह गरिएको अध्यक्ष मल्लले बताए ।  

Advertisement

Advertisement