यस्तो छ ‘फ्युचर बोनस प्रोभिजनिङ’ कार्यान्वयन अघिको बोनस दर, कार्यान्वयन भएपछि के होला ?

Advertisement

काठमाडौं । बीमा क्षेत्रमा धेरै चर्चा हुने विषय हो बोनस दर । तर पनि धेरै बीमितले बीमा गराउनुअघि कुन बीमा कम्पनीको बोनस दर कति छ ? भन्ने अध्ययन नगरी बीमा गर्ने अवस्था विद्यमान छ । बोनस दर बीमितले पाउने प्रतिफलसँग जोडिने भएकाले यसमा चासो बढि हुने गर्छ । 

अधिकांश अभिकर्ताले पनि बोनसको लोभ देखाएर आफू कार्यरत कम्पनी राम्रो भएको भन्दै बीमा गराउने गरेको देखिन्छ । पछिल्लो सयम बीमा समितिले कम्पनीहरू बोनसमा मात्रै केद्रित हुनु हुँदैन भन्दै ‘फ्युचर बोनस प्रोभिजनिङ’ लागू गरेको छ । 

Advertisement

अहिले केही कम्पनीले फ्युचर बोनस प्रोभिजनिङ गरिसकेका छन् भने केहीको बाँकी छ । तर, यस व्यवस्थामा यस पटक जान्न, अर्को पटक मात्रै जान सक्छुभन्दा समितिले नमानेको बीमा कम्पनीका केही सीईओहरुले गुनासो गर्दै आएका छन् । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘फ्युचर बोनस प्रोभिजनिङ बीमा कम्पनीलाई नै बलियो बनाउन ल्याइएको हो । तत्कालका लागि बोनस दरमा फेरबदल आए पनि दीर्घकालसम्म यसले कम्पनी बीमित दुवैलाई राम्रो गर्छ ।’

अहिले बोनस दर निर्धारणमा पुराना तथा ठूला बीमा कम्पनी नै केही पछि सरेको बीमा समितिको भनाई छ । बोनसको सम्बन्ध अन्य हिसाब किताब जस्तो जोड र घटाउमा मात्रै सिमित हुने नभई यसको प्रभाव ठूलो हुने भएकाले कम्पनीहरूले बोनस दर निर्धारणमा समय लगाएको हुनसक्ने पौडेलको भनाई छ । 

फ्युचर बोनस प्रोभिजनिङपछि बीमा कम्पनीको अवस्था के हुन्छ ? भन्ने हेर्न केही समय लाग्ने सीईओहरू बताउँछन् । यता समयमा आफ्नो लेखा परीक्षण समापन गर्न नसक्दा केही कम्पनीले भने लामो समयदेखि अन्तरिम बोनस दरमा नै बीमा गराउँदै आएका छन् । 

बीमा समितिले फ्युचर बोनस कायम हुनुअघि बीमा कम्पनीले घोषणा गरेको बोनस दर उपलब्ध गराएको छ । सोही बोनस दरकै आधारमा बीमा कम्पनीहरूले अहिले बीमा गराउँदै आएका छन् । 

यस्तो छ हालसम्म बीमा कम्पनीले चलाइरहेको स्वीकृत बोनस दर तालिका 

Advertisement

Advertisement