अफगान बैंकहरूमा आर्थिक अभाव घट्दै, अन्तराष्ट्रिय समुदायबाट पनि सहयोग
सेन्ट्रल बैंक अफ अफगानिस्तान

Advertisement

काबुल, अफगानिस्तान । अफगानिस्तानका बैंकहरूमा दिनदिनै अभाव घट्दै गएको र अन्तर्राष्ट्रिय समुदायले पनि देशलाई नगद उपलब्ध गराएको तालिवान समूहले जनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अफगानिस्तानको वित्तीय स्रोतको सुरक्षा भइरहेको र आर्थिक सङ्कट पनि रोकिइरहेको तालिबानका कार्यवाहक विदेशमन्त्री आमिर खान मोताकीको भनाइ उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

Advertisement

उनले तालिबानले अफगानिस्तानको आर्थिक पतनलाई रोकेको बताए । मोताकीले भने,, “अफगानिस्तानका बैंकहरूमाथि दिनदिनै दबाब घट्दो छ ।” 

तालिवानको अन्तरिम सरकारले अहिलेसम्म कर्मचारीको तलबको बिल तीन महिनाका लागि भुक्तानी गरेको र चौथो महिनाको तलब दिने तयारी भइरहेको पनि उनले बताए ।  

तथापि, ठोस सहयोगको अभावमा अफगानिस्तानमा मानवीय स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको भन्दै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको स्थितिलाई सम्बोधन गर्न हालसम्म १.५ बिलियन अमेरिकी डलर संकलन गरेको जनाएको छ ।

एसियाली राष्ट्र अफगानिस्तानमा देशका अधिकांश भूभागमा हिऊ परेको र हिउँदे बर्षाका कारण उपलब्ध खाद्यान्नलाई आवश्यक भएको स्थानमा पु¥याउन कठिनाई भइरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका महासचिव स्टेफन डुजारिकले बताए । उनले हालसम्म १.५ अर्ब अमेरिकी डलर संकलन गरिसकेको बतार्ए । रासस/एएनआई

Advertisement

Advertisement