कामना विकास बैंकको ३५ हजार संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

Advertisement

काठमाडौं । कामना विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री लिलाम बिक्री गर्ने भएको छ । 

बैंकले संस्थापक समूहको कुल ३५ हजार ५३४ कित्ता शेयर बिक्री गर्न लागेको हो । 

Advertisement

शेयरको न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको छ । यो शेयर जोकोही व्यक्ति, संघसंस्थाले बोलकबोल प्रक्रियाबाट खरिद गर्न सक्नेछन् । सबैभन्दा बढी मूल्य कबोल गर्नेलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

शेयर खरिद गर्दा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

इच्छुक खरिदकर्ताले आज (असोज १८ गते) देखि असोज २१ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादीमा गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । 

असोज २२ गते बिहान (सार्वजनिक परेमा सोको भोलिपल्ट) ११ बजे प्रभु क्यापिटलको कार्यालयमा गोप्य शिलबन्दी खोलिने बैंकले जनाएको छ । 

बैंकले यसअघि संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ । तोकिएको समयमा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

null

Advertisement

Advertisement