दशैँको अवसरमा एटिक रेस्टुरेन्टमा शुक्रबार लाइभ म्युजिक, तीन कलाकारले प्रस्तुति दिने

Advertisement

काठमाडौं ।  डेढ दशकदेखि काठमाडौँको ज्ञानेश्वरमा सञ्चालित एटिक रेस्टुरेन्टले दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार साँझ साँढे ६ बजेदेखि सञ्चालन हुने ‘दशैँ फेस्टिवल सेलिब्रेसन कार्यक्रम’ मा लाइभ म्युजिक पर्फमेन्स रहने रेस्टुरेन्टले जनाएको हो ।

तथापि, सो दिनका लागि लाइभ कार्यक्रमको मज्जा लिन ग्राहकले टिकट काट्नुपर्नेछ । टिकट लिए पश्चात एउटा पेय पदार्थ निःशुल्क उपलब्ध हुने रेस्टुरेन्टले जनाएको छ।

Advertisement

लाइभ प्रस्तुतिका लागि इमर्ज ब्यान्डका पप आर्टिस्ट उजन शाक्य रहनेछन् । कार्यक्रममा उजनले मैचा, रजामतिु च अवाज, ठाउँ काने लगायतका गीतहरु प्रस्तुत गर्नेछन् । उक्त लाइभ कार्यक्रममार्फत शाक्यले आफ्नो नयाँ गीत समेत सार्वजनिक गर्ने तयारी गरेको रेस्टुरेन्टले जानकारी दिएको छ।

यस्तै नेपाली म्युजिक इन्डस्ट्रीका राइजिङ स्टारका रूपमा रहेका वर्षा कर्मचार्यले कार्यक्रममा लाइभ म्युजिक पर्फमेन्स गर्नेछिन् । विगत ६ वर्षदेखि नेपालको साङ्गीतिक क्षेत्रमा निरन्तर चर्चामा रहेका संगीतकार अमित जंगले समेत कार्यक्रममा प्रस्तुति दिनेछन् ।
कार्यक्रम सञ्चालन चर्चित उद्घोषक खुश्बु प्रधानले गर्नेछिन् । उनी कार्यक्रम सञ्चालक मात्र नभएर सन् २०१२ को मोटो विवाह अवार्ड र मिस कलेज एम्बासडर २०१२ बाट समेत सम्मानित भइसकेकी छन् ।

कार्यक्रममा ट्रेडिसनल नेपाली फुड तथा बेभरेजहरू नेवारी खानेकुराहरू लगायतको मज्जा लिन सकिनेछ । साथै ऐला अर्थात् नेवारी समुदायमा सत्कारका क्रममा दिइने रक्सीको समेत मज्जा लिन सकिनेछ ।

कार्यक्रममा विषेश अतिथि समेत सहभागी गराइनेछ । उनलाई सरप्राइजिङ अतिथिका रुपमा दर्शकहरु माझ उपस्थित गराइने एट्रिकले जनाएको छ ।  एटिकले यस कार्यक्रम कार्ल्सबर्ग, रियल फ्रुट जुस, जेम्सन लगायतसँगको सहकार्यमा आयोजना गर्न लागेको हो।

करिब ३०० जना क्षमता भएको यस होटलमा यस रेस्टुरेन्टमा ठूलो सञ्चालन गर्न सकिनेछ। साथै इन्डियन कन्टिनेन्टल नेपाली तथा अन्य विभिन्न कुजिनहरू समेत रेस्टुरेन्टमा उपलब्ध छ। अतिथिहरूका लागि पार्किङको राम्रो व्यवस्था रहेको यस होटल सवारी साधनमा सहजै पुग्न सकिनेछ।

Advertisement

Advertisement