गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

Advertisement

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा बुढानिलकण्ठ नगरपालिका वडा नं.३, मुहानपोखरीमा नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी हस्तान्तरण गरिएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष शिवशंकर नेपाली मार्फत बालबालिकालाई हस्तान्तरण गरेका हुन् । 

Advertisement

बुढानिलकण्ठ नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठका प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक केसीले स्वागत मन्तव्य र कम्पनीका प्रबन्धक बोधलाल पुरीले संचालन गरेको कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बाल सुधार समाजलाई कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको सीईओ लालले बताए । 

Advertisement

Advertisement