शतप्रतिशत हकप्रद पारित गर्न कहिले बस्दै छ नेपाल वेयरहाउजिङ कम्पनीको साधारणसभा ?

Advertisement

काठमाडौँ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले साधारणसभा डाकेको छ । 

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न सभा डाकेको हो । 

Advertisement

सभा कात्तिक ७ गते, अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थान काठमाडौंमा अपरान्ह ३ बजेदेखि सुरु हुनेछ ।

सभाले पुँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कात्तिक २ गते (एक दिन) बुकक्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । कात्तिक १ गतेसम्म कायम शेयरधनी मात्र सभामा सहभागी हुन पाउनेछन् ।

Advertisement

Advertisement