ज्ञानेन्द्र शाहलाई भुटानमा नेपालको राजाकै हैसियतमा सम्मान

Advertisement

काठमाडौँ । भुटानले गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहलाई नेपालको गद्धिसिन राजाकै हैसियतमा सम्मान गरेको छ । 

बिहीबार छोरीहरुसहित थिम्पु पुगेका राजा ज्ञानेन्द्र शाहलाई भुटानी राजकुमारीले विशेष स्वागत गरेकी थिइन् । भुटानी राजपरिवारको निमन्त्रणामा थिम्पु पुगेका राजा ज्ञानेन्द्रको यो भ्रमण अर्थपूर्ण देखिन्छ । यद्यपि निर्मल निवासले राजा ज्ञानेन्द्रको भुटान भ्रमण निजी भएको तर्क गरेको छ । 

Advertisement

आज बिहान भुटानकै ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु पुग्दा भुटानी राजपरिवारका सदस्य तथा प्रतिनिधिहरुले झुकेर उनको स्वागत गरेका थिए । स्वागतका लागि रातो कार्पेट ओच्छ्याइएको थियो । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

undefinedundefined

Advertisement

Advertisement