राष्ट्रिय सहकारी बैंकले दाहाललाई प्रदान गर्यो सहकारी बैंक पत्रकारिता पुरस्कार

Advertisement

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले पत्रकार खिलानाथ दाहाललाई सहकारी बैंक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । 

बैंकको १८औँ वार्षिक साधारण सभाको अवसरमा शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पत्रकार दाहाललाई उक्त पुरस्कार प्रदान गरेका हुन् । दाहाल नेपाल सहकारी पत्रकार समाजका निवर्तमान अध्यक्ष तथा सहकारी अखवार डटकमका कार्यकारी सम्पादक हुन् । 

Advertisement

बैंकले हरेक वर्ष विभिन्न व्यक्ति तथा संघ संस्थालाई पुरस्कृत तथा सम्मान गर्ने गरेको छ । सोहीक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेललाई सहकारी अभियन्ता सम्मान, बैंकका पुर्व लेखा समिति संयोजक कुलचन्द्र अधिकारीलाई पूर्व सञ्चालक सम्मान र डा. रमेश चौलागाई सहकारी बैंक विद्वता सम्मानबाट सम्मानित गरिएको छ । 

खेमराज पाण्डेयलाई संस्थापक अध्यक्ष सम्मान, लगनखेल शाखा उत्कृष्ट शाखा र सूर्यविनायक शाखा प्रमुख दिनेश गेलाल उत्कृष्ट शाखा प्रमुखबाट पुरस्कृत भए । श्रवणकुमार नेवा खड्गी उत्कृष्ट सहायकस्तर कर्मचारी र नीरकुमार क्षेत्री उत्कृष्ट सहयोगी कर्मचारी घोषित भएका छन् । 

Advertisement

Advertisement