फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसनको वार्षिकोत्सवमा ७३ जनाद्वारा रक्तदान

Advertisement

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको आयोजनामा संस्थाको २२औं वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

गोल्डस्टार सुजको प्राङ्गणमा सम्पन्न सो रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए । 

Advertisement

बढ्दै गईरहेको कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव हुन नदिन तथा रगतको आपुर्ती सहज होस् भनि आज रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नानीराज घिमिरेले बताए । 

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र आगामी दिनमा पनि जारी रहने संस्थाका महासचिव ज्ञानेन्द्र दाहालले बताए ।

संघका पूर्व अध्यक्ष, सल्लाहकार, एवम् कार्यसमिति र संघका सदस्यहरुको सहयोगमा कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । कोरोना संक्रमणको तेस्रो लहरकोे जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो ।

Advertisement

Advertisement