नारायणी डेभलपमेन्ट बैंकको २०औं बार्षिक साधारण सभा सम्पन्न

Advertisement

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकको २०औं बार्षिक साधारण सभा अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा सम्पन्न भएको छ । चितवन रत्ननगर १, टाँडीमा केन्द्रिय कार्यालय रहेको बैंकले भौतिक तथा भर्चुअलको माध्यमवाट सौराहा स्थित होटल सेन्ट्रलपार्कमा पुस २९ गते सभा सम्पन्न गरेको हो । 

संस्थालाई तोकिएको चुक्ता पूँजी यही आर्थिक बर्ष भित्र पूरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको हो । 

Advertisement

सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आव २०७८/०७९ को लागी लेखा परीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरिएको छ । 

साथै सभामा शेयरधनीहरुबाट बैक समस्याग्रस्त अवस्थाबाट मुक्त गराई हालको अवस्थामा ल्याउन सफल भएकोमा संचालक समिति तथा सिङ्गो बैंक ब्यवस्थापन प्रति खुशी ब्यक्ति गर्दै थप प्रगति गर्नको लागी सुझाव सहित शुभकामना ब्यक्त गरियो । 
 

Advertisement

Advertisement