स्पेनिस ला लिगाः भिल्लारियललाई इल्चेको झड्का

Advertisement

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको मध्यम टोली भिल्लारियललाई तुलनात्मक रुपमा कमजोर टोली इल्चेको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा भिल्लारियल इल्चेसँग १-० गोलले पराजित भयो ।

प्रतिस्पर्धात्मक खेलमा इल्चेलाई जिताउन अतिरिक्त खेलाडी लुकास वोयले गोल गरे । लुकासले ७८औं मिनेटमा जेरार्ड गुमबउको पासमा गोल गरेका थिए । लुकास ६६औं मिनेटमा लुकास पेरेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।

Advertisement

५१ प्रतिशत बल पोसेसन राखेपनि भिल्लारियलले गोल गर्न सकेन । खेलभर नौ वटा पोस्ट प्रहार गरेको भिल्लारियलको प्रयासमा इल्चेका गोलरक्षक इडगर बदिया बाधक बने । घरेलु मैदानमा ४९ प्रतिशत बल पोसेसन राखेको इल्चेको जितमा एउटै गोल प्रयाप्त बन्यो । इल्चेको यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा इल्चेले स्पान्योललाई २–१ गोलले पराजित गरेको थियो । निर्णायक गोल गरेका इल्चेका लुकास वोय ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै इल्चे १५औं स्थानमा उक्लिएको छ । इल्चेले २१ खेलबाट २२ अंक बनाएको छ । पराजित भिल्लारियल २९ अंकसहित आठौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४९ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४४ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक छ । सेभिया र बेटिसले एक खेल कम खेलेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement