मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० ले विजयी

Advertisement

काठमाडौँ । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १-० ले विजयी हासिल गरेको छ । दशरथ रंगशालामा आज सम्पन्न खेलको ११औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि निर्णायक भएको हो ।

खेल जारी रहँदा मरिससले बराबरी गर्ने अवसर पाए पनि गोल भने गर्न सकेन । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि १३औँ मिनेटमा मरिससले पेनाल्टी पाएको थियो । कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले बताए । 

Advertisement

दोस्रो हाफमा नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि बिमल घर्तीले ग्रेको १ गोल निर्णायक हुँदै नेपालले १–० ले नै जित निकालेको थियो । 

Advertisement

Advertisement