सर्वाेत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टीलका ठेकेदारको ७ लाखको दुर्घटना बीमा

Advertisement

काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टील लिमिटेडले विशेष आफ्ना ठेकेदार दाजुभाईहरुलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्पmत कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनाको समेत सुरुवात गरेको छ ।
  
कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले साइट रजिष्टर गराए बापत सर्वाेत्तम स्टीलबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टकोबाट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटना विरुद्ध रु. ७ लाखको बीमाको सुविधा पाउनेछन् । 

हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका १००० ठेकेदारहरुका लाागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको छ । यसरी आप्mनो साइट रजिष्टर गराई योजनाको फाइदा लिन ९८०२३२०६०१ मा सम्पर्क गर्न सकिनेछ ।

Advertisement

यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड अभिषेक झाद्वारा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम समेत प्रदान गराइएको थियो । 

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसि र सौरभ ग्रिन पिपिसि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । 

यसैगरी, सर्वाेत्तम स्टील एफई५०० फलामे डण्डी नयाँ जमानाको यस्तो फलामे डण्डी हो जसले सर्वाेत्तम लचकता तथा मजबूतीलाई एक समान रुपमा प्रस्तुत गरेको छ । यो फलामे डण्डी आप्mनो डायमण्ड रिबका कारण अन्य फलामे डण्डी भन्दा निकै फरक रहेको कम्पनीले जनाएको छ ।  
 

Advertisement

Advertisement