एमसीसीको विरोध गर्ने विद्यार्थी नेताहरु पक्राउ, प्रहरीले लाठी चार्ज गर्दा अधिकांश घाइते

Advertisement

काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । शान्तिपूर्ण विरोध गरिरहेका बेला प्रहरीले धरपकड गरेपछि केही स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका प्रहरीले अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष हिरेन्द्र शाही उपमहासचिवहरु महेश श्रेष्ठ, अशोक थापा, भुपेन्द्र शाह, मेघनाथ चापागाईं, मिलन राई तथा सचिवहरु उत्तर खड्का,मनिषा कार्की, संगिता रानामगरलगायत ४२ जनालाई पक्राउ गरेको हो ।

Advertisement

नियन्त्रणमा लिएका सबै विद्यार्थी नेताहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । प्रहरीले नियन्त्रणमा लिने क्रममा लाठी चार्ज गर्दा केही विद्यार्थी नेता घाइते भएका छन् । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो भने लाठी चार्ज तथा लछारपछार समेत गरेको थियो । सो क्रममा धेरै विद्यार्थी नेता घाइते भएका छन् ।

बुधबार संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्न लाग्दा उनीहरूले व्यापाक विरोध भएको थियो ।

Advertisement

Advertisement