सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिना निश्कर्ष टुंगियो, आईतवार पुनः बस्ने
File-Photo

Advertisement

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक फागुन ८ गते बस्ने गरी सकिएको छ । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अन्तिम निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक आगामी आईतवार बस्ने गरेर सकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

Advertisement

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले एमसीसी परियोजनालाई सार्वभौम संसदमा छलफल गराएर एउटा निश्कर्षमा पुर्याउने विषयमा छलफल भएको बताए । बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी परियोजनालाई टुंगोमा पुर्याउन चाहने धारणा राखेको बताए । 

मन्त्री कार्कीले संसद सुचारु रुपमा सञ्चालन गराउनु प्रधानमन्त्रीको दायित्व भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएको बताए । भेटघाटमा अध्यक्ष ओलीले एमसीसी परियोजना र संसदलाई सुचारु रुपमा सञ्चालन गराउने कुरा सकारात्मक रुपले लिने विश्वास दिलाएको बताए । 

Advertisement

Advertisement