सुमेरु ग्रुपले शुरु गर्यो ‘सुमेरु सिटी मोलिक्युलर ल्याब’, चार घण्टामै पीसीआरको रिपोर्ट

Advertisement

काठमाडौँ । सुमेरु ग्रुपले ललितपुरको पुल्चोकमा ‘सुमेरु सिटी मोलिक्युलर ल्याब’ सञ्चालन गरेको छ । 

उक्त ल्याबको बिहीबार ग्रुपका अध्यक्ष भरत महर्जनले एक समारोहका बीच उद्घाटन गरेका हुन् । 

Advertisement

नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त उक्त ल्याबमा विदेश जाने प्रयोजन, आम नागरिक र हस्पिटल जाँचका लागि कोभिड १९ पीसीआर जाँच गरिने छ । उक्त सेवा २४ घण्टा खुला रहने ल्याब व्यवस्थापनले जनाएको छ । 

घरभरैमै गएर नमूना संकलन र चार घण्टाभित्रै कोभिड पीसीआरको रिपोर्ट दिइने छ । 

उक्त ल्याबबाट निकट भविश्यमै वंशानुगत रोगसँग सम्बन्धित जाँचहरु र अन्य रोगसँग सम्बन्धी जाँचहरुको सेवा पनि सञ्चालन गरिने अध्यक्ष महर्जनले जानकारी दिए । 

Advertisement

Advertisement