एमालेले दर्ता गराएको एमसीसी सम्झौता संसदमा टेबल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

Advertisement

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता संसदमा टेबल गर्ने निर्णय गरेको छ । 

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले आइतवारै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको हो । 

Advertisement

गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबल हुने जानकारी दिए । उनले टेबल भइसकेपछि सभामा गहन रुपमा छलफल हुने र निष्कर्षमा पुगिने बताए । उनले भने– ‘आज म तपाईहरु सबैलाई संसद भवनतर्फ जानका लागि आग्रह गर्दछु । आज एमसीसी परियोजना सम्झौता सार्वभौम संसदमा टेबुल हुन्छ । र यसपछि सडकमा होइन, संसदमा गहन रुपले छलफल भएर एउटा निष्कर्षमा पुग्ने कुरा यहाँहरुलाई म अवगत गराउन चाहान्छु । आजै टेबुल हुन्छ ।’

प्रवक्ता कार्कीले एमाले नेतृत्वको पूर्ववर्ति सरकारले एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा दर्ता गराएको र सोही दर्तालाई टेबल गर्न लागिएको भन्दै यसको सम्बन्धमा एमालेले जवाफ दिनुपर्ने बताए । 

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । 

Advertisement

Advertisement