सुनसरीको भोटेकोशी गाउँब्लकमा जग्गा धनी प्रमाण पुर्जा वितरण

Advertisement

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई आज लालपूर्जा वितरण गरेकी छिन् । 

मन्त्री श्रेष्ठले सुुनसरीको जिल्लाको भोटेकोशी गाउपालिकामा आज आयोजित एक कार्यक्रमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँव्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन् । 

Advertisement

मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएरपनि भूमि विहिन बनीरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड दिइन् । उनले लालपूूर्जा नहुदा नागरिकता समेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपूर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गरिन् । 

मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग समेत गठन गरेर त्यसलाई पूूर्णता दिने काममा आफु लागिरहेको पनि बताइन् । 

मन्त्री श्रेष्ठले आफूुले मन्त्रालय संहालेपछि प्रविधिको प्रयोगमा जोड दिएको, नक्साको मुल्य घटाउन लागिएको, जग्गाको लेखापढिमा जथाभावी रुपमा रकम लिने पद्धती रोक्न काम शुरु गरेको र मुक्त हलीया, कमलरी, कमैयाको बस्तविकता अध्ययन गर्न गरि समस्या समाधान गर्न काम शुरु गरेको पनि बताइन् । 

उनले हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी दिइन् । 

तल्ला तहका नागरिक र वाास्तविक पिडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्न लागेको पनि उनले बताइन् । 

मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तीब्र पारिएको छ ।
 

Advertisement

Advertisement