आठ लाख रुपियाँको अबैध सुनसहित १ जना पक्राउ

Advertisement

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ९४.९ ग्राम अबैध सुनसहित १ जना पक्राउ परेका छन् । 

कतार दोहाबाट काठमाडौँ आएका सप्तरी मौवावेल्हीका एमडी सौकात अली करीब ८ लाख रुपियाँ बराबरको सुनका ब्रासलेटसहित पक्राउ परेको बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले जनाएका छन् । 

Advertisement

भन्सार छलि गरेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी ढकालले बताए । 

Advertisement

Advertisement