राजधानी जोड्ने सबै नाका बन्द, उपत्यकामा ३१ सहित ६२ जनाको मृत्यु, दर्जनौं बेपत्ता

Advertisement

काठमाडौं । भारी बर्षापछि आएको बाढी पहिरोले राजधानीसमेत रहेको काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ ।

विभिन्न स्थानमा गएको पहिरोले पृथ्वी राजमार्ग (आज (शनिबार) बिहानैदेखि खण्ड बन्द रहेको छ काठमाडौं–मुग्लिन–नारायणगढमा शुक्रबार रातिदेखि नै सवारी चलाउन रोक लगाइएको छ ।

Advertisement

त्यस्तै, पूर्वको विपी राजमार्ग पनि भारी बर्षापछि अवरुद्ध बनेको छ । हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएकाले त्यो मार्ग हुँदै जाने लामो तथा छोटा दूरीका मार्गहरु पनि बन्द भएका हुन् ।

हेटौंडाबाट काठमाडौं जाने कान्ति राजपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् । बर्षाले उत्तरतर्फ जाने अरनिको राजमार्ग समेत अवरुद्ध भएको छ । 

काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ । देशभर ६५ वटा राजमार्ग बाढी र पहिलोबाट प्रभावित भएका छन् । 

ठूलो मानवीय क्षति
बिहीबार बेलुकीबाट सुरु भएको अविरल भारी बर्षापछि आएको बाढी र पहिरोबाट देशभर ६२ जनाको मृत्यु अपुष्ट समाचार आएका छन् । गृह मन्त्रालयले भने ४९ जनाको मात्रै पुष्टि गरेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३१ जना छन् । देशभर तीन दर्जनभन्दा धेरै मानिस बेपत्ता भएका छन् । 

सुरक्षा निकाय र जनताको सक्रियतामा हालसम्म ७२८ को उद्धार भनेको काठमाडौं उपत्यकामा मात्रै २३६ घर डुबानमा परेको जनाइएको छ । 

Advertisement

Advertisement