आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि आन्तरिक ट्रावल मार्ट आयोजना हुँदै

Advertisement

आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि आन्तरिक ट्रावल मार्ट आयोजना हँुदै
काठमाडौं । आन्तरिक तथा बर्डर सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ ।  यसै क्रममा बोर्डले चैत्र ११ देखि १३ गतेसम्म धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने भएको छ ।

बोर्डमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुरअपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘को आयोजना गर्ने बोर्डको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुरुप यी कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए । 

Advertisement

यसै सन्दर्भमा नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्यले बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा फागुन २६, २७ र २८ गते वेष्र्टन ट्राभल मार्ट सम्पन्न भएको छ । यस मार्टमा नेपालगञ्ज शहरलाई गेटवे अफ कर्णालीको रुपमा प्रवद्र्धन गरिएको थियो ।

त्यसैगरी, धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ को धरानमा यही २०७८ चैत्र ११, १२ र १३ गते (तद्नुसार २५–२७, मार्च २०२२) ईष्ट टुरिजम मार्ट २०२२ र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा यही २०७८ चैत्र २५, २६ र २७ गते (तद्नुसार ८–१०, अप्रिल २०२२) मा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको बोर्डले जानकारी दिएको छ । 

प्रदेश नं. १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार प्रचार गर्ने उद्देश्यका साथ धरानमा यो मार्ट आयोजना हुन गईरहको ईष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए । धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आइरहेकोमा ईष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको उनले जानकारी दिए । 

यसैगरी चैत्र २५, २६ र २७ गते धनगढीमा आयोजना गर्न लागिएको फारवेष्ट ट्राभल मार्ट २०२२ मा व्युटिफुल फारवेष्टः सुक्ला टु अपिसैपालको ब्राडिंङ गरि सुदूरपश्चिमको प्रवद्र्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए । यी मार्टहरुमा नाट्टाका प्रदेशस्तरीय च्याप्टरहरुका साथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरुको सक्रिय सहभागिता रहेको जनाइएको छ । 

यी मार्टहरुमा सिमावर्ती भारतीय शहरका टुर अपरेटरहरुलाई वायरको रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरुबीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ । यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुलेआकर्षक स्टलहरुका साथ प्याकेजहरुको प्रवद्र्धन गर्ने ऐरले जानकारी दिए । 

यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलहरुका साथ प्याकेजहरुको प्रवद्र्धन गर्नेछन् । स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रुपमा रहेका छन् । स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रुपमा रहेको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरु बीच टुर प्याकेजहरुको आदान प्रदान हुनेछ । 

Advertisement

Advertisement