आइएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मानित

Advertisement

काठमाडौँ । नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । 

उक्त कार्यक्रममा सहभागी भई कम्पनीका सीईओ श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका हुन् । सीईओ श्रेष्ठले म्यानलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनी, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे । 

Advertisement

उक्त समाहरोहमा श्रेष्ठले यस सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए । 

श्रेष्ठले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 
 

Advertisement

Advertisement