एनएमबि बैंकले सम्पन्न गर्यो हेरिटेज वाक

Advertisement

काठमाडौँ । एनएमबि बैंकले शनिवार एनएमबि भवन बबरमहलबाट शुरु भई बसन्तपुर डवलीसम्म पुगी नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

Advertisement

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ५०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौंदेखी प्ले कार्ड सहित उक्त डवली क्षेत्रसम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टविनहरु प्नि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरीएको छ । 

प्रदेश १ मा विराटनगर शाखा देखी पिण्डेश्वरी मन्दिर, मधेष प्रदेश (प्रदेश नं. २) मा विरगंज शाखा देखी गहवा माई मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखी भद्रकाली मंदिर, प्रदे्रश ५मा ट्राफिक चोक शाखादेखी जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरु सरसफाई गरेको छ । 

कार्यक्रममा नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पारेका थिए । 

बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सांस्कृतिक सम्पदा हाम्रो राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हामी हातेमालो गर्नु पर्नेमा जोड दिदै भन्यवाद ज्ञापन गरेका थिए । 

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

Advertisement

Advertisement