गुरागाईंलाई वसुन्धराश्री र रावललाई मानश्री पुरस्कार प्रदान गरिने

Advertisement

काठमाडौँ । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । 

वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ७५ हजार रहेको छ । 

Advertisement

यस्तै आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली डायस्पोरामा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने कलाकार रावललाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

विसं २००४ चैतमा म्यान्माको मोगोकमा जन्मिएका वरिष्ठ कलाकार रावलका ‘सुन मायालु’, ‘दुःखीको दाइजो’, ‘जम्काभेट’लगायत कृति प्रकाशित छन् भने दर्जनौँ नेपाली चलचित्र तथा नाटकमासमेत निर्देशन र अभियन गरेका छन् । 

Advertisement

Advertisement