एनएमबि बैंकद्वारा सर्लाहीका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

Advertisement

काठमाडौँ । एनएमबि बैंकले पुकु दिदी फाउण्डेशन र वाग्मती मावि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ । 

उक्त अवसरमा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल सहित शाखा प्रवन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए । पुकु दिदी फाउण्डेशनबाट शोभा पौडेल लगायत सदस्यहरु उपस्थित थिए । 

Advertisement

बैंकले स्कुल ब्यागहरु, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गरे ।  

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

Advertisement

Advertisement