राजाको प्रत्यक्ष शासन कालमा समेत मेयर मनोनित भएका केशब पुनः एमालेबाट उम्मेदवार

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा एमालेबाट केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले मनोनयन दर्ता गराएका छन् । सोमवार राष्ट्रियसभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन्  । 

प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । उनी राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पनि काठमाडौं महानगरको मेयरमा पुनः मनोनित भएका थिए । हालकी राष्ट्रपति विद्या भण्डारीलाई ब्ल्यु फिल्म देखाएको भनेर उनको आलोचना हुने गर्दछ । 

Advertisement

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयरका उम्मेदवार स्थापितले गठबन्धन भन्दा डबल भोट ल्याएर चुनाव जित्ने दाबी गरे । उनले आफू प्रमाणित व्यक्ति भएकोले चुनाव जित्नलाई नियमको प्रतिक्षामात्रै गरेको बताए । स्थापितले त्रिचन्द्र कलेजलाई पढ्न लायक बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताए । 

उपमेयरमा नेकपा एमालेबाट डंगोलले उम्मेदवारी दर्ता गराइन् । उनले काठमाडौं सन् २०११ की मिस नेवा हुन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको थियो । 

यसअघि डंगोलले स्वतन्त्र उम्मेदवारका रुपमा आफू मेयरमा उठ्ने घोषणा गर्दै प्रतिवद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् । उनले नेकपा एमालेले देशको विकासका लागि युुवा पुस्तालाई अघि सारेकोले आफू नेकपा एमालेसँग जोडिएको बताइन् । 

उपमेयरकी उम्मेदवार डंगोलले पदभन्दा बढी महत्व उद्देश्यको भएकोले उपमेयरबाट उम्मेदवारी दिएको बताइन् । उनले अनुभवी विज्ञहरुको विज्ञता र युवाको जोश मिलेमा सबै क्षेत्रको विकास हुनसक्ने भन्दै अब काठमाडौं महानगरको विकासलाई कसैले रोक्न नसक्ने बताइन् । 
नभइ जितपछिको कार्यका लागि भएकोले आफू जितको लागि तयार रहेको बताउनु भयो ।

Advertisement

Advertisement