उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने

Advertisement

प्योङयाङ, उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए)को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन् ।

‘हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अबकम्बन गर्नेछौं’, किमले भने ।
 
उनका अनुसार उत्तर कोरियाले कुनै पनि बेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ । रासस/एएनआई/स्पुतनिक

Advertisement

Advertisement

Advertisement