नेदरल्याण्डका राजाद्वारा आप्रवासन नीतिमा कडाइ गर्ने घोषणा

Advertisement

काठमाडौं । नेदरल्याण्ड्सले संसदीय वर्षको परम्परागत उद्घाटन समारोहमा आफ्नो वार्षिक भाषण दिने क्रममा नेदरल्याण्ड्सले कडा आप्रवासन नीति अपनाउने राजा विलेम–अलेक्जेन्डरले बताएका छन् । 

नयाँ संसदले प्रधानमन्त्री डिक शुफको नेतृत्वमा नयाँ गठबन्धन सरकारलाई स्वागत गरेको छ । परम्परागत रूपमा, संसदीय वर्षको पहिलो दिन सेप्टेम्बरको तेस्रो मंगलवार हेगको डच प्रशासनिक केन्द्रमा आयोजित गरिएको थियो । 

Advertisement

जुलाईमा पहिलो पटक गठन भएको नयाँ सरकारमा पार्टी फर फ्रीडम, नयाँ सामाजिक सम्झौता, पिपुल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी, र किसान–नागरिक आन्दोलन थिए । गत शुक्रवार गठबन्धनले आफ्नो नीति कार्यक्रम प्रश्तुत गर्यो, जसले शरण र आप्रवासनमा बलियो नियन्त्रणलाई प्राथमिकता दिएको छ । 

आफ्नो सम्बोधनमा यो भावनालाई प्रतिध्वनित गर्दै राजा विलेम–अलेक्जेन्डरले आगामी वर्षहरूमा शरण संख्या घटाउने सरकारको मनशायलाई जोड दिनुभयो । सिन्ह्वा–नान

Advertisement