शुरु भयो यामाहाको ‘महा एक्सचेञ्ज मेला’, २० लाख ७९ हजारसम्म बम्पर उपहार

Advertisement

काठमाडौँ । यामाहाको ‘महा एक्सेन्ज मेला’ सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित मेला आज बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो । 

एक हप्ता लामो महा मेला बैशाख २२ गतेसम्म आयोजना हुनेछ । नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

मेलामा के-के छन् सुविधाहरू ? 
मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपियाँ दिइने कम्पनीले घोषणा गरेको छ ।

साथै, यस मेलामा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल÷स्कुटर खरिद गर्ने ग्ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९ *१००० टाइम्स’ मा सहभागी हुने अवसर पाउने छन् । ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९ *१००० टाइम्स’ अफरअन्तर्गत डिजिटल ज्याकपटमार्फत् ग्राहकले दैनिक रूपमा रू. २०७,९००/–, स्योर शटमा रू. ८,३१६/– र बम्पर उपहारमा रू. २०.७९ लाखसम्म जित्न सक्नेछन् । 

एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ ।

यसैगरी, मेलामा यामाहाका कुनै पनि बाइकरस्कुटर लिन चाहनेहरूका लागि ‘अन द स्पट फाइनान्स’ सुबिधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुबिधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइकरस्कुटर लिने सुबिधा दिइने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एक्सेसरीज प्रदान गर्ने र जुनसुकै ब्राण्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने, राइडिङ प्रतियोगिता, ‘डोर प्राइज’, र ‘डेली क्वीज’ जस्ता आकर्षणहरू रहेका छन् ।

‘गत वर्षझैँ नेपाली बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट नवीन टेक्नोलोजीहरूसँग परिचित गराउने उद्देश्यका साथ हामीले नेपालकै सर्वाधिक ठूलो यामाहाको महा एक्सचेन्ज मेला आयोजना गरेका छौँ । यस मेलाको भरपूर लाभ उठाउन नेपाली बाइक प्रेमीहरूको उत्साहजनक सहभागीता रहनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’ यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताए ।  

‘महा एक्सचेन्ज मेला’ को उद्धाटन प्रख्यात नेपाली सिनेकर्मी अनमोल केसीद्वारा गरिने कार्यक्रम रहेको छ । मेलामा विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तित्व लगायत प्रख्यात सेलिब्रेटी एवम् कलाकारहरूको पनि सहभागिता रहने कम्पनीले जनकारी दिएको छ । 

Advertisement

Advertisement