गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा १० प्रतिशत छुट

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले पोखराको फेवातालदेखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता गरेको छ । 

सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १० प्रतिशतन छुट प्राप्त गर्ने छन् ।  

Advertisement

बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवम् गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

Advertisement

Advertisement