‘प्रयास नेपाल’मा आश्रित बालिबालिकाका लागि यस बर्ष पनि हिमालय एयरलाइन्सको सहयोग

Advertisement

काठमाडौं । नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले ‘प्रयास नेपाल’नामक संस्थामा आश्रित बालबालिकाका लागि बर्षभरीका लागि शैक्षिक सामग्री सहयोग गरेको छ । 

एयरलाइन्सले उक्त संस्थालाई यस किसिमको सहयोग गरेको यो छैटौं बर्ष भएको बताएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरेको जानकारी दिएको छ । 

Advertisement

नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै प्रयास नेपालका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान हो भन्दै एयरलाइन्सले आफ्नो विज्ञप्तिमा विगतका वर्षहरुमा पनि आवश्यक शैक्षिक सामग्री, खाजा तथा नास्ता, खाद्यान्नहरूका साथै कोभिड १९ विरुद्धका सामग्रीहरुको आपूर्ति गर्दै आएको जानकारी दिएको छ । 

हाल प्रयास नेपालले २६ जना बालबालिकाको रेखदेख गरिरहेको जनाइएको छ । उनीहरुलाई उड्डयन उद्योग, पेशा र व्यवसायिक पाठ्यक्रमबारे पनि चेतना जगाउने उद्देश्यका साथ विशेष शैक्षिक सत्रको आयोजना गरेको कम्पनीको भनाई छ । यस क्रममा हिमालय एअरलाइन्सका जहाजका अनुभवी चालकले बालबालिकासँग अन्तरक्रिया गरेका थिए । 

शैक्षिक सामग्रीमा विभिन्न कक्षाका लागि पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलमलगायत स्टेशनरी सामग्री समेटिएका छन् । एअरलाइन्सको तर्फबाट कम्पनीकी ब्राण्डिङ प्रमुख उज्ज्वला दलीले ती सामग्री हस्तान्तरण गरेकी थिइन् । 

नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्स सन् २०१४ देखि सञ्चालनमा छ । यसमा तिब्बतस्थित तिब्बत एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिको लगानी छ । 

Advertisement

Advertisement