काठमाडौं । न्यूरो सर्जन डाक्टर रामकुमार क्षेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यसअघि उनले गायक राजु लामासँगै लोबुचे पिकको सफल आरोहण गरेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा शेर्पाले जानकारी दिइन् ।
करुणा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. श्रेष्ठले सोमबार बिहान ६ बजे सगरमाथा हिमालको सफल गरेका हुन् । उनको आरोहण टिममा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही पनि सहभागी थिए ।
इमाजिन नेपाल ट्रेक्स पासाङ दावा शेर्पाले पनि २४ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् भने ङ्गिमा नुरु शेर्पाले २३ औं पटक सगरमाथाको सफल आरोहण गरेका प्रबन्धक शेर्पाले बताइन् ।
पाकिस्तानबाट अब्दुल मुहम्मद, चीनबाट लिउ वेनवेई, झान सियाङ चाङ, हाई क्वानन, फेङ जियानफेई, रसियाबाट अन्ना सूर्यशेभा, अष्ट्रेलियाबाट नाथन पिटर लङम्यानले सगरमाथा आरोहण गरेको उनले जानकारी दिइन् ।
त्यस्तै, इम्याजिन नेपालका सुरज पौड्याल, दावा तेन्जिन शेर्पा, मिङ्मा छिरी शेर्पा, छिरिङ शेर्पा, फुर्तेम्बा शेर्पा, सोनम ताशी शेर्पा, किली पेम्बा शेर्पा, आङ्दु शेर्पा, थिले शेर्पा, निमा दोर्जी शेर्पाले पनि उक्त हिमालको आरोहण गरेको बताइन् ।