काठमाडौं । जापानमा रहेर सफल व्यवसाय गर्दै आएका ४३ वर्षीय अमर बस्नेत (गोविन्द)ले करिब २० करोड रुपियाँ लगानीमा राजधानीको गंगबुमा तीन तारेस्तरको ‘दि सम्राट प्यालेस’ सञ्चालनमा ल्याएका छन् । विगत लामो समयदेखि जापानमा रेष्टुरेन्ट व्यवसायमा लगानी गरी सफलता हासिल गर्दै आएका उनले आफ्नो पुँजी र अनुभव नेपालमा लगानी गरेका हुन् । साथै, बस्नेतले हालै काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित छायाँ सेन्टरमा जापानिज रेस्टुरेन्ट ‘द सुशी बार’ र उनको सिरिन हस्पिटलिटी गुरुप अन्तरगत दरबारमार्गमा अन्तर्राष्ट्रियस्तरको सिरिन वेलनेस (युनिसेक्स सलोन, स्पा र क्याफे) समेत संचालनमा रहेको छ ।
साथै विगत १३ वर्षदेखि दरबारमार्गमा रहेको सिरिन ट्राभल्समार्फत अन्तरिक तथा बाहय हवाई टिकट, भिसा सर्भिसस् र विदेशी तथा आन्तरिक पर्यटकहरुलाई मध्यनजर गर्दै टुर एण्ड ट्रेकिङको सेवा प्रदान गर्दै आएको छ । सोही गुरुप अन्तरर्गत टाईम स्क्वायरर्स नामक एक कन्स्ट्रक्शन कम्पनी समेत संचालनमा रहेको छ । सबै व्यवसायमा ३ सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यसको सम्पूर्ण व्यवस्थापन मेरो भाई विष्णु बस्नेतले गर्दै आएको अमर बस्नेतले बताए ।
कोरोना कहरका बीच काठमाडौंमा जापानिज रेस्टुरेन्ट ‘द सुशी बार’ खोली सञ्चालनमा ल्याएका उनले होटल, बार र सिरिन वेलनेसको औपचारिक उदघाटन भने गएको वैशाखको पहिलो साता गरेका हुन् । उनका श्रीमती सरलाले कोरोना कहरपश्चात नेपालमा आएर आफूले जापानमा सिकेको सिप, अनुभव तथा पूँजीको सही सदुप्रयोग गर्ने लक्ष्यका साथ ‘दि सम्राट प्यालेस’ होटल सञ्चालनमा ल्याएको बताइन् । साथै होटलमा हाल ३० वटा सुविधासम्पन्न कोठाहरु रहेको छ । होटलमा आउँने पाहुनाहरुको लागि एयरपोर्ट जानेआउँने तथा देशका विभिन्न ठाउँहरुमा जान चाहनेहरुका लागि रेन्टल कारहरुको व्यवस्था समेत रहेको सरलाले बताइन् ।
उनले भनिन, ‘हामीले जापानमा ‘इन्डियन एशियन रेस्टुरेन्ट साहारा’ नामक चेन रेस्टुरेन्ट संचालन गर्दै आएका छौं । र नेपालमा समेत पारिवारिक व्यवसायको रुपमा सिरिन हस्पिटालिटी अन्तरगत विभिन्न व्यवसायहरुलाई निरन्तरता दिइएको हो, उनले बताइन् । जापानका सबै रेस्टुरेन्टहरु श्रीमान् र श्रीमती मिलेर सञ्चालन गर्दै आएको बताउँदै सारालाले थपिन, ‘हामी २० वर्षभन्दा बढी जापानमै बसिसकेपछि जापानकै पीआर लिएर आफ्नै व्यवसाय थालनी गरेको पनि १० वर्ष जति भइसक्यो ।’ अमर बस्नेत सन् २००२ मा वर्किङ भिसामा जापान गएका थिए । सरला सोही भिसामा सन् २००५ मा गइन् । काम गर्दै गएपछि उनीहरुले रेष्टुरेन्ट व्यवसाय सुरु गरे, जुन सफल पनि भयो ।
जापानमा विगत लामो समेयदेखि जुन क्षेत्रको ज्ञान र अनुभव भयो, सोही ज्ञान र अनुभव नेपालमा पनि भित्राउनुपर्छ र मुलुकको आर्थिक र पर्यटन क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने सोचले विभिन्न क्षेत्रमा लगानी गरेको सरलाको भनाई छ । उनले थपिन्, ‘हाम्रो यो ट्राभल्स नेपालको टप १० मा पर्छ, हरेक एयरलाइन्सको पनि टप एजेन्सी हो । हाम्रो जापानमा पनि रेष्टुरेन्ट भएकोले र हामी जापानमै बस्ने भएकाले नेपालको हाम्रो सबै व्यवसायको व्यवस्थापन भाई विष्णु बस्नेतले हेर्दै आउनु भएको छ ।
सुशी बारमा सुशी र अरु कन्टिनेन्टल फूडहरु राखिएका छन् । बार राम्रो चल्न थालेकाले उनीहरुमा होटल पनि खोल्ने आत्मबल बढेको सरलाले भनिन।
निकट भविष्यमा यसलाई चेन व्यवसायको रुपमा संचालन गर्ने उद्दश्य रहेको सरलाले बताइन् ।