बजेटले बीमालाई फराकिलो ढंगले सम्बोधन गर्छ भन्ने हाम्रो आशा छः पौडेल

Advertisement

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आइतबार प्रस्तुत हुने आउँदो आर्थिक बर्षको बजेटले बीमा क्षेत्रलाई फराकिलो ढंगले सम्बोधन गर्ने बताएका छन् । 

आजको बजेटले बीमा क्षेत्रलाई कसरी सम्बोधन गर्ला ? भन्ने चासो यस क्षेत्रमा देखिन्छ । बीमा क्षेत्रका सबै सुझावलाई समेटेर समितिले अर्थ मन्त्रालयलाई एकीकृत सुझाव पनि पेश गरेको छ । 

Advertisement

पौडेलले कर्पोरेट नेपालसँगको कुराकानीमा नीति तथा कार्यक्रममा प्रयोग भएको एउटा शब्दले आफूहरुमा आशा जगाएको बताए । उनले नीति तथा कार्यक्रममा बीमालाई उत्पादनशील क्षेत्रसँग जोड्ने कुरा उल्लेख भएकाले यही आशयमा बजेट आएमा बीमाको दायरा निकै फराकिलो हुने बताए । 

उनले भने, ‘यस पटकको नीति तथा कार्यक्रम मलाई ठिकै लाग्यो । त्यही आधारमा पनि अहिले बजेटमा बीमा क्षेत्रलाई राम्रै सम्बोधन होला कि ? भन्ने हाम्रो अपेक्षा छ ।’ 

उत्पादन र उत्पादकत्व भन्ने कुरा निकै ठूलो कुरा हो भन्दै पौडेलले त्यससँग जोडेर बीमा क्षेत्रलाई अघि बढाउने गरी बजेट आयो भने यसले धेरै कुरा समेटने बताए । सरकारले बीमालाई फराकिलो रुपमा हेर्नुपर्ने बताए । 

पछिल्लो समय बीमा क्षेत्रले मुलुकको अर्थत्रन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको उनले बताए । बीमाबारे आममानिस समेत सचेत भएको पौडेलको भनाई छ । उनले  बीमा क्षेत्रलाई सरकारको सहयोग सधैं चाहिन्छ भन्दै त्यसैले पनि आवश्यक कुराहरुमा सरकारको ध्यान पुग्छ भन्ने आफूहरुको विश्वास रहेको बताए । 

उत्पादनसँग जोड्दा बीमाको दायरा निकै फराकिलो हुने आशा गरेका छौं भन्दै उनले। उत्पादन भन्नाले साँघुरो क्षेत्र होइन भने । पौडेलले भने, ‘बीमाले सियोदेखि जहाजसम्मलाई बीमाले समेटछ । बीमालाई उत्पादनसँग जोड्दा यसमा धेरै कुरा समावेश हुन्छन् । अब सरकारले बीमालाई फराकिलो रुपमा हेर्नुपर्ने बेला आएको हामीले पनि महशुस गरेका छौं ।’

साथै, पौडेलले अहिले बीमा विपन्न वर्गको लागि झन आवश्यक भएको बताउँदै त्यो वर्गमा बीमाको पहुँच पुर्याउन सरकारको सहयोग आवश्यक रहेको बताए । उनले बीमा भनेको धनीहरुको लागि मात्रै हो भन्ने चलन रहँदै आएकोमा अहिले त्यस्तो सोचाईमा परिवर्तन आउन थालेको बताए । 

पौडेलले भने, ‘अहिले बीमा सबैको लागि आवश्यक रहेछ भन्ने आममानिसले बुझ्न थालेको अवस्था छ । पैसा हुनेलाई त बीमाशुल्क बुझाउन गाह्रो छैन् । पैसा नहुनेका लागि पनि बीमा त्यतिकै जरुरी हुन्छ । बीमा गर्न चाहने तर पैसा नभएकाहरुलाई सकरकाले सघाउनुपर्छ ।’ 

सरकारले लघुबीमामार्फत विपन्न वर्गको बीमा गराउने कुनै कार्यक्रम ल्याउँछ भन्ने आशा रहेको उनले बताए । पौडेलले बीमाको पहुँच जति बढ्यो, त्यति नै बीमित र राज्यलाई पनि राम्रो हुने बताए । 

उनले थपे, ‘पहिलो कुरा त बीमा गरेपछि जोखिमको रक्षावरण हुन्छ भने त्यसको साथै बीमाशूल्क संकलन गर्दा राज्यले पाउने करको दायरा पनि फराकिलो हुन्छ । गाउँ शहर सबैतिर बीमा पुर्याउन सकेमा भोलि प्राकृतिक प्रकोप लगायत ठूला दुर्घटना हुँदा मानिसहरुको सरकारले धेरै पैसा सहयोग गर्नु पर्दैन् । बीमाले नै उनीलाई पैसा दिन्छ ।

Advertisement

Advertisement