काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा विजयी भएका छन् । शुक्रबार सम्पन्न अधिवेशन तथा निर्वाचनमा प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठलाई हराउँदै शेर्पाले ७३५ ल्याएर विजयी भएका हुन् । श्रेष्ठले १२२ मत ल्याएका छन् ।
निमा नुरु शेर्पा समूहबाट वरिष्ठ उपाध्यक्षमा काकुराज पाण्डे, प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा याङ्जुम शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषध्यक्षमा मुक्ति पाण्डे निर्वाचीत भएका छन् ।
त्यस्तै, सदस्यहरुमा आङदावा शेर्पा, किसान गुरुङ, सिङ्गी लामा, पिताम्बर गुरुङ, राजेन्द्र बहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा, दिनेश तामाङ, ङिमा डोम शेर्पा र डोमा शेर्पा निर्वाचीत भएका छन् ।
एक हजार २१५ जनाको सदस्यता नवीकरण भएकोमा निर्वाचनमा भने ९०५ मत मात्र खसेको थियो ।