काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको संख्याले पनि हवाई भाडामा भारी वृद्धि गरेको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले सोमबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपियाँले वृद्धि गरिएको छ भने काठमाडौं–भद्रपुर ५७०, काठमाडौं–विराटनगर ४५५, काठमाडौं–जनकपुर २५५, काठमाडौं–भरतपुर दुईसय, काठमाडौं–पोखरा तीन सय, काठमाडौं–भैरहवा ३९५, काठमाडौं–नेपालगन्ज ६२०, काठमाडौं–धनगढी ८४०, काठमाडौं–तुम्लिङटार ३५०, काठमाडौं–सिमरा १७० रुपियाँसम्मले हवाई भाडा बढाइएको छ । नयाँ हवाई भाडादर बुधबारबाट लागू हुने संघले जनाएको छ।
यस्तै एअरपोर्ट ट्याक्स अन्तर्रास्ट्रिय विमानस्थलको हकमा पाँच सय रूपियाँ र अन्य विमानस्थलमा तीन सय र चार सय रूपियाँ कायम गरिएकोे संघले जानकारी दिएको छ ।