काठमाडौं । कुमारी जबले नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तिहरुद्वारा ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न गरेको छ । उक्त २४ दिने प्रशिक्षणमा विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्वदेखि मानव संसाधनको क्षेत्रमा करियर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको थियो ।
शेर्पा हस्पिटालिटी ग्रुपका एचआर भाईस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंकका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेललगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवि व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको थियो ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीका अनुसार सो प्रशिक्षण नेपालको मानव संसाधन क्षेत्रमै नयाँ प्रयोग हो । प्रशिक्षणको पहिलो सत्रमै उत्साहजनक सहभागिता देखेर आफूलाई खुशी लागेको बताउँदै उनले भने, ‘आशा छ, यस तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुले अझै धेरै काम लाग्ने कुरा सिक्नु भएको छ, जुन वहाँहरुले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नु हुनेछ । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीपमात्र विकास नगरि संगठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।’
समापन कार्यक्रममा एक सहभागीले संस्थानको हैसियतमा आफ्नो कर्मचारीहरुलाई कसरी राम्रो सेवा सुविधा दिन सकिन्छ र कर्मचारीहरुबाट पनि कसरी संस्थाले फाईदा लिन सक्छ भन्ने उद्देश्यका साथ प्रशिक्षणमा सहभागी भएको बताएका छन् । उनले प्रशिक्षणमा सहभागी भएर आफूले अहिले प्रचलित श्रम ऐन तथा नियमावलीको बारेमा पनि जानकारी पाएको बताए ।
त्यसैगरी, अर्का सहभागीले पायक पर्ने ठाउँँ र मिलनसार कर्मचारीहरुको सेवाले पनि प्रशिक्षण रमाइलो भएको बताए । प्रतिष्ठित संस्थाहरुबाट आई अनुभवी र दक्ष प्रशिक्षकहरुको प्रशिक्षण र अनुभवबाट अझै धेरै कुरा जान्न र बुझ्ने मौका मिलेको सहभागिहरुले बताएका छन् । सहभागीहरुका अनुसार प्रशिक्षण अन्तरक्रियामूलक, जानकारीमूलक र रमाइलो वातावरणमा सम्पन्न भएको थियो ।
सो तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ । इच्छुक व्यक्तिहरूले https://tinyurl.com/ytpuj4fr मा लगइन गरेर अथवा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्ने छन् ।
ह्युमन रिसोर्सको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्ने र त्यसमै करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित हुनेछ । एचआर ट्रेनिङको साथसाथै कुमारीले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण दिदैँ आएको छ ।