पासाङ ल्यामु शेर्पा नङ्गा पर्वत आरोहण गर्ने पहिलो नेपाली महिला बन्न सफल

Advertisement

काठमाडौं। पर्वतारोही पासाङ ल्यामु शेर्पा अकिता पाकिस्तानमा रहेको नङ्गा पर्वत (८,१२५ मिटर)को सफल आरोहण गर्ने पहिलो नेपाली बनेकी छन् । उनी पहिलो नेपाली महिला पर्वतारोहण गाईड पनि हुन् । 

विश्वको नवौं अग्लो तथा ८,१२५ मिटर अग्लो नङ्गा पर्वतको शेर्पाले पाकिस्तानको समय अनुसार शुक्रबार बिहान ५ बजेर ५० मिनेटमा आरोहण गरेको पायोनियर एड्भेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । 

Advertisement

उनका अनुसार आरोही शेर्पा धवलागिरि र केटु हिमाल आरोहण गर्ने पहिलो महिला बनेकी थिइन् । उनले सगरमाथा, अमा दब्लम, ल्होत्से, कञ्चनजंगा, अन्नपूर्ण, मकालु र लोबुचे लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।

त्यस्तै शेर्पाको अब नेपालको मनास्लु, पाकिस्तानको गसेरब्रुम–२, ब्रोडपिक, गसेरब्रुम–१ र चीनको सिसापाङमा र चो ओयु हिमाल आरोहण गर्न बाँकी रहेको पायोनियर अध्यक्ष शेर्पाले बताए । आरोही शेर्पा विश्वका १४ वटा अग्ला शिखर आरोहण गर्ने लक्ष्यमा छिन् । 

Advertisement

Advertisement