आफ्नो छोराछोरीलाई राम्रै विद्यालय छान्नुको विकल्प छैन्ः सीईओ, पाठशाला नेपाल

Advertisement

काठमाडौं । स्कुल कलेजहरुको संख्या बढ्ने क्रमसँगै गुणस्तरीय शिक्षाको माग पनि बढ्दै गएको छ । शिक्षा लिनकै लागि जिल्लाकै सदरमुकामदेखि देशको राजधानी मात्रै नभएर सात समुन्द्रपारीसम्म धाउने प्रवृत्ति बढ्दै गएको छ । तर नेपालमै पनि कतिपय यस्ता शैक्षिक संस्था छन्, उनीहरुले विद्यार्थी तथा अभिभावकको चाहनाअनुसार शिक्षणमैत्री वातावरणमा राम्रो शिक्षा दिइरहेका छन् ।  

नेपालको शिक्षा क्षेत्रमा पाठशाला नेपाल फाउण्डेसन नामक विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । यस विद्यालयमा तीन सय शिक्षक कर्मचारी छन् भने एक हजार पाँच सय विद्यार्थीहरु एकसाथ पढ्छन् । कक्षा १ देखि १२ सम्म पढाई हुने पाठशाला सञ्चालनमा आएको १९ वर्ष भइसकेको छ । 

Advertisement

राजधानीको थापागाउँमा रहेको पाठशालाले ललितपूरमा विद्यालय सञ्चालन गरिरहेको छ । पाठशाला नेपालका संस्थापक सीईओ ईश्वर अधिकारी नेपालमै कसरी स्तरीय शिक्षा दिने र नेपालका युवा विद्यार्थीहरुलाई नेपालमै अध्ययन गर्ने वातावरण बनाउने ? भन्ने कुरामा बढी चिन्तित देखिन्छन् । 

अधिकारीको भनाईः
तीस वर्षदेखि म यस क्षेत्रमा छु । मेरो ३० वर्षको अनुभवले हेर्दा अर्काको छोराछोरीको लागि आदर्श छाँट्न सजिलो भए पनि आफ्नो छोराछोरीलाई राम्रै विद्यायल छान्नुको विकल्प छैन् । हामीले सकेसम्म बालबच्चालाई राम्रो विद्यायलमा हाल्नुपर्छ । राम्रै शिक्षा दिनुपर्छ । सुरुमा म आफै पनि एउटा अभिभावक हो । 

शिक्षालाई योगदान पुर्याउनु पर्छ भनेर मैले पाठशाला नेपाल फाउण्डेसन खोलेको हो । हामीसँग टीम छ र उक्त टिममा शिक्षा क्षेत्रलाई माया गर्ने साथीहरु हुनुहुन्छ । विकास र सिकाई भन्ने कुरा सधैं चरणबद्ध हुन्छ । हामीले पनि एकैपटक भन्दा पनि चरणबद्ध रुपमा विद्यालयको विकास गर्दै आएका हौं । 

शिक्षा व्यापार मात्र होइन सेवा पनि हो 
विद्यालय चलाउनलाई व्यवसायिकता अपनाउनु पर्ने बाध्यता हुन्छ । तर शिक्षा व्यापार होइन । यो त सेवा हो ।  हामीले आदर्शको मात्र कुरा गरेर विद्यालय चलाउन सक्दैन रहेछौं । विश्वभरी नै शिक्षा क्षेत्र चलाउने केही खर्च आवश्यक पर्छ । त्यसबाट हामी पनि अछुतो छैनौं । 

तर सामूदायिक विद्यालय वा अन्य कुनै दानकर्ताले दान गरेको अवस्थामा विद्यार्थीको मासिक शुल्क भने कम हुनसक्छ । फेरि शिक्षाको मूल्य यति नै हो भन्ने तोक्ने पनि मिल्दैन । संविधानले नै पढ्न चाहनेले पढ्न पाउनुपर्छ भनेको छ ।

बरु औद्योगिक घरानाले स्वमले पैसा पाउँछन् । तर विद्यालयले पाउँदैनन् । अहिले शिक्षाको पनि स्तरहरु छन् । अभिभावकले विद्यालयदेखि विषय छनोट गर्न पाउनु हुन्छ । धेरै महङ्गो विद्यालयले सकेसम्म विद्यार्थीलाई धेरै किसिमका सुविधा पनि दिने गर्छन् । महङ्गो विद्यालय नै अहिले अभिभावकको रोजाई बन्न पुगेको छ । राम्रो भवन, राम्रो शिक्षक राख्नका लागि पैसा नै चाहिदो रहेछ । विद्यालयले त अहिले बैंकबाट ऋण लिएर सेवा दिईरहेका पनि छन् ।

विभिन्न प्रविधि चलाए पनि पढ्न नछाडौं 
यही समयमा प्रविधिको विकास बढ्दो छ । तर, घडी त त्यही २४ घण्टा चल्ने हो । त्यही २४ घण्टाको समयमा अरु काम गरे पनि मोवाईल नै खेले पनि पढ्न चाही छाड्नु हुन्न । यो कुरा अधिकांशलाई लागू हुने कुरा हो ।

जीवनलाई प्रत्यक्ष बुझ्न पनि किताबले सघाउँछ । एउटा व्यक्तिको जीवनी पढ्नु भनेको सात जनाको सल्लाह लिनुभन्दा राम्रो कुरा हो । विद्यार्थीको सिकाईको अभिन्न अंगको रुपमा पुस्तकालय पर्ने भएकाले अब विद्यालयले पुस्तकालय स्थापना गर्न जोड दिनुपर्छ । हामीले पनि अहिले जोड दिइरहेको अवस्था छ । सुरुदेखि नै हामीले पुस्तकालय संचालन गर्दै पनि आएका छौं ।

पाना पल्टाउँदा विद्यार्थीले पढ्नु पर्छ भन्ने सोचिरहेको हुन्छ । किताब नै पढ्दा राम्रो हुन्छ । अहिले विद्युतीय किताबको पनि विकास भएको अवस्था छ । अहिले १२ कक्षासम्मलाई स्कुल भन्न थालिएको छ । १० कक्षासम्म ऐच्छिक गणित लिने कि नलिने भन्ने मात्र थियो । तर अहिले ११–१२ स्कूलमा जोडिएपछि यो अन्तर्राष्ट्रिय स्तरमा गएको छ । 

अहिले पाठ्यक्रममा धेरै सुधार भएको छ । डक्टर पढ्ने विद्यार्थीले अहिले राम्रो चित्रकार बन्न पाउने अवसर पनि आएको छ । यसको मतलब पहिला जस्तो विज्ञान पढेको विद्यार्थीले चित्र बनाउन नहुने, संगीत पढ्न नहुने भन्ने छैन् । यसरी पाठ्यक्रम परिवर्तन भएको दुई वर्ष पूरा भइसकेको छ । 

विगतमा पाँच वटा विषय राखेर विद्यार्थीलाई त्यही घोकाउनु पर्ने बाध्यता थियो । हामीले पनि विगतमा के पढ्ने भन्ने मात्र थियो । अहिले सिकाई कसरी गर्दा राम्रो हन्छ भन्ने छ । अहिले पढाईलाई व्यवहारीकतासँग दाँज्न थालिएको छ र यो राम्रो कुरा हो । 

हामीले विगतमा रुखको बारेमा पढ्यौ तर बोटमा गएर कहिल्यै पनि रुख छामेनौ । त्यो हाम्रो आवश्यकतामा पनि परेन । तर, अहिले विद्यार्थीलाई रुख देखाएर हामी त्यसको बारेमा पढाउन सुरु गरेका छौं । यो हेर्दा सानो लागे पनि यसले विद्यार्थीमा सिकाईको कौतुहलता चाही जगाउँदो रहेछ । 

जीपीए र प्रतिशत मापदण्ड मात्र हो, पढ्ने विद्यार्थीलाई फरक पर्दैन
सुनलाई जसरी कसी लगाए पनि हुन्छ । सुन सुन नै हुन्छ भन्या जस्तै विद्यार्थीलाई प्रतिशत वा जीपीएमा हेर्दा विद्यार्थीलाई न्याय नै हुन्छ । सरकारी तहबाट पनि शिक्षालाई प्राथमिकता दिनु जरुरी छ । हामीले कुरा मात्र गर्ने भन्दा पनि इमान्दार भएर उत्कष्ट किसिमले आवश्यक काम गर्न लाग्नुपर्छ । इमान्दर भएर काम गर्दा नतिजा पनि राम्रो हुन्छ । अरुले गर्ने कामको हामीले जिम्मा लिनु हुँदैन, आफूले गर्नु पर्ने काम राम्रोसँग गर्नुपर्छ । 

Advertisement

Advertisement